सदस्यता नविकरण सम्बन्धी अत्यन्त जरुरी सूचना

नेपाल पत्रकार महासंघ धनुषा शाखाको कार्यसमिति बैठक र महासंघको विधान अनुसार सदस्यता नविकरणका लागि आवेदन खुला गरिएको छ । यस अघि शाखाले दुईपटक सूचना आह्वान गरिसकेको हुनाले वैशाख मसान्त भित्र आ – आफ्नो सदस्यता नविकरणका लागि विधानमा उल्लेखित आवश्यक कागजात र शुल्क सहित शाखामा यथासिघ्र सम्पर्क गर्न हुन सम्बन्धीत सबैमा सूचित गरिन्छ ।
नोट :- नेपाल पत्रकार महासंघको ‘नयाँ सदस्यता र सदस्य नवीकरण सम्बन्धमा शुद्धीकरण मापदण्ड’ भित्र पर्नु हुने जनप्रतिनिधि, निजामती स्थायी कर्मचारी (सेना, निजामति, प्रहरी, गुप्तचर, सुरक्षाकर्मीसमेत ), अस्थायी, करार, सेवा आयोगहरु मार्फतका सरकारी कर्मचारी, मिडिया संस्थानबाहेकका संस्थानमा कार्यरत कर्मचारी, सरकारी कार्यालयमा करार कर्मचारीहरु । सरकारी तथा गैरसरकारी क्षेत्र, बित्तिय (सहकारी, बैंक, फाइनान्स) मा पूर्णकालीन जुनसुकै पेशामा आबद्ध भएको वा मुख्य पेशा, व्यवसाय अन्य बनाएर कहिले काहीँ मात्रै पत्रकारिता गर्नेको हकमा शाखाबाट सदस्यता नविकरण नगरिने हुनाले शाखालाई सहजताका लागि स्वयंम सदस्यता परित्याग गरि सहयोग गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछौं ।

मनिका झा
अध्यक्ष
नेपाल पत्रकार महासंघ धनुषा शाखा