
मकालु खबर डटकमका मधेश ब्युरो प्रमुख सञ्चारकर्मी शिवेन्द्र रोहिता माथि समाचारको विषयलाई लिएर केही अराजक समूहले मिति २०८० / ०३ / २५ गते राति जनकपुरधाम उपमहानगरपालिका भानु चोकमा सांघातिक आक्रमण गरेको घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
आक्रमणवाट घाईते भएका सञ्चारकर्मी रोहिताको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै यस्तो अराजक तथा अपराधिक गतिविधिमा संलग्नहरुलाई यथासिघ्र पक्राउ गरि कानुनी कार्वाही गर्न मांग गर्दछौं । साथै घटनाको सत्यतथ्य अनुसन्धान गरि पिडित पक्षलाई न्यायका लागि अग्रसर हुन स्थानीय प्रहरी प्रशासनलाई ध्यानाकर्षण गराउदछौं ।
मनिका झा
अध्यक्ष
नेपाल पत्रकार महासंघ, धनुषा
