तेलहा मडहा पोखरी सरसफाई

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० जानकी चोक स्थित तेलहा मडहा पोखरी सरसफाईको क्रममा स्थानीय युवाहरु र प्रहरी बीच भएको विवादको क्रममा समाचार संकलनका लागि घटनास्थल पुगेका संचारकर्मी घनश्याम मिश्रसंग प्रहरीले गरेको अभद्र व्यवहार र मोबाईल खोस्ने प्रयासको घटना प्रति शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । ‘मुस्कान सहितको सेवा, प्रहरी हाम्रो साथी, समुदाय र प्रहरी साझेदारी’ कार्यक्रम जस्ता अभियान सञ्चालन गरेका प्रहरीले आफ्नो मर्यादा बिर्सेर जनतालाई सु-सूचित गराउने अभिभारा बोकेका सञ्चारकर्मी माथि दुर्व्यवहार गरेको प्रति महासंघ खेद प्रकट गर्दछ । प्रहरीजिल्ला प्रहरी कार्यालय धनुषाका निमित्त प्रमुख नायव उपरिक्षक प्रदिप बहादुर क्षेत्री आफैले नै गरेको अमर्यादित कार्य अशोभनीय रहेको ठहर गर्दै यस्ता घटना अब उपरान्त नदोहऱ्याउन सचेत गराउदछौं ।

मनिका झा
अध्यक्ष
नेपाल पत्रकार महासंघ धनुषा