नेपाल पत्रकार महासंघ धनुषा शाखाका नवनिर्वाचित अध्यक्ष पुरन साहको अध्यक्षतामा २०८१ पुस १० गते बसेको कार्यसमितिको पहिलो बैठकबाट तपसिल अनुसारका निर्णयहरु गरेको छ ।
१) नेपाल पत्रकार महासंघ धनुषा शाखाको १२ औं अधिवेशनमा निःशुल्क रुपमा हल व्यवस्थापन गरेका जनकपुरधाम उद्योग वाणिजय संघ, निर्वाचन प्रक्रियामा सहयोग गरेका जिल्ला प्रहरी कार्यालय धनुषा जिल्ला निर्वाचन कार्यालय धनुषा, नेपाल पत्रकार महासंघ धनुषामा आबद्ध रहेका सम्पुर्ण सदस्यहरु, निर्वाचन समिति, निवर्तमान कार्य समिति लगायतका निर्वाचन प्रक्रियामा सहयोग गरेका सम्पुर्ण पक्षहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरियो ।
(२) धनुषा जिल्लामा रहेको स्थानीय तहहरुमा पत्रकार मैत्री स्थानीय संचार नीति निर्माणमा समन्वय गर्ने निर्णय गरियो ।
३) नयाँ कार्यसमितिको अधिकार र विधान अनुसार खाता सञ्चालन गर्ने तथा जनकपुरधाम स्थित महासंघ धनुषाको कार्यालय तथा सभाहलको समुचित व्यवस्थापन सचिव बुटकनाथ भा र कोषाध्यक्ष गोविन्द महतोको अगुवाईमा गर्ने निर्णय गरियो ।
४) पुष २७ गते स्व. उमा सिंहको स्मृती दिवस सान्दर्भिक विषयमा सार्वजानिक बहस र महिला पत्रकारहरुलाई सम्मान सहित मनाउने सहितका निर्णयहरु गरिएको छ ।

