शोक विज्ञप्ति: विनय कुमार यादव


धनुषा जिल्लालाई कर्मक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका धनुषाधाम नगरपालिका-५ का पत्रकार विनय कुमार यादवको ३० वर्षको अल्पायुमै मोटरसाईकल दुर्घटनामा निधन भएको प्रति नेपाल पत्रकार महासंघ धनुषा शाखा स्तब्ध र शोकमग्न भएको छ ।
रेडियो धनुषाधामका सञ्चालक तथा इन्युज ब्युरोका कार्यकारी सम्पादक यादवको मिति २०८१/०१/११ गते विहान करिब ४ बजे उनले चलाएको मोटरसाईकल प्रदेश ०२- ००६ प ३०३५ मिथिला नगरपालिका ६ जनकपुर ढल्केवर सडकखण्डमा अनियन्त्रित भई दुर्घटना हुन गई ज्यान गएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । मृतक पत्रकार यादवका आमा र श्रीमती हुनुहुन्छ ।
उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रमा एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको छ भने महासंघले उदायमान पत्रकार गुमाएको छ ।
नेपाल पत्रकार महासंघ धनुषा स्वर्गीय यादवको निधन प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।