प्रेस वक्तव्य: सदस्य सुरेश यादवलाई बिना कारण पक्राउ

नेपाल पत्रकार महासंघ धनुषा शाखाका सदस्य सुरेश यादवलाई बिना कारण प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत डा. अजित सिंहको पहलमा जानकी प्रहरी चौकीका ईचार्जले पक्राउ गरेको घटना प्रति नेपाल पत्रकार महासंघ धनषा शाखाको ध्यानाकर्षण भएको छ । पत्रकार यादवले आफ्नो सासुआमालाई प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गराई लिभरको उपचार गराईरहदा लिभरले काम नगर्ने भएपछि शरीरको विकार निस्किन पेटमा सेट गरिएको पाइप मिसप्लेस भएकोले ईमर्जेन्सी वार्डमा कार्यरत डा. अजित सिंह संग सोध्दा उनले खासै ध्यान नदिएपछि बिरामीको समस्या र समाधानको उपायबारे बभन खोज्दा पत्रकार यादव संग रहेका एक जनाले उनिहरुको संवादलाई मोबाइल फोनको क्यामेरामा कैद गरिरदा डा. सिंहले हातबाट मोबाइल फोन खोसेर प्रहरीलाई थमाइदिए र उनिहरुमाथि तथानाम गर्दै नराम्ररी प्रस्तुत हुन थाले । प्रहरीसँग मोबाइलमा भिडियो लिएकै भरमा डाक्टर र प्रहरीले भने जसरी पनि त्यो भिडियो डिलिट गर्नतिर लागिपरे । त्यसै क्रममा नोकझोंक भयो । बिरामीलाई उपचार गर्ने जिम्मेवारी लिएर अस्पतालमा काम गर्ने डाक्टरलाई तोकिएको जिम्मेवारी वहन गर्न अनरोध गरिरहदा पत्रकार सुरेश यादवलाई राति प्रहरीले माथिको आदेश हो भन्दै नियन्त्रणमा लिएर जानकी प्रहरी चौकी पुर्याएर अपराधी जस्ते व्यवहार गरे । पछि राति ११ बजेतिर चौकीका सई सन्तोष बुढाले पुनः अस्पतालमा फर्केर नजाने शर्तमा रिहा गर्ने भन्दै हस्ताक्षर गराउने धम्की दिए । यसरी अस्पतालमा उपचार गराउदा देखिने बेथितीका बारेमा जानकारी लिन खोज्दा पत्रकारलाई नियन्त्रणमा लिन अस्पताल प्रशासन, सम्बन्धीत डाक्टर र प्रहरीको रबैया तानाशाही प्रबृतिको देखियो । पत्रकार संग यस्तो दुर्व्यवहार गर्ने अस्पतालका चिकित्सक तथा प्रहरी ईचार्जले आम नागरिक संग कतिको बर्बरतापूर्ण काम गर्छहोला सोचनीय विषय रहेको छ । उक्त घटनाका दोषिलाई कारबाही गर्न सम्बन्धीत पक्ष संग नेपाल पत्रकार महासंघ धनषा माग गर्दछ ।