धनुषामा समाचार–फिचर लेखनसम्बन्धी तालिम सुरु

जनकपुरधाम, मंसिर ९ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा ४ दिने समाचार-फिचर लेखनसम्बन्धी प्रशिक्षण सुरु भएको छ।

आधारभुत पत्रकारीता तालिम गरिसकेका धनुषाका सञ्चारकर्मी तथा प्रशिक्षार्थी पत्रकारहरुलाई समाचार-फिचर लेखन सम्बन्धी ४ दिने पत्रकारीता तालिम शुक्रवारबाट सुरु भएको हो ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समिति ,काठमाडौंकाे आयोजना र नेपाल पत्रकार महासंघ धनुषा जिल्ला शाखाकाे संयोजनमा मङ्सिर ९ गतेदेखि मङ्सिर १२ गतेसम्म उक्त प्रशिक्षण चल्ने भएको छ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाको सभाहलमा आयोजित ४ दिने तालिममा धनुषाका नभ युवा सञ्चारकर्मीहरु लाई तालिममा सहभागी भएको नेपाल पत्रकार महासंघ धनुषा शाखाका उपाअध्यक्ष अवधेश कामतले जानकारी दिनुभएको छ ।

यस समाचार- फिचर लेखनसम्बन्धी प्रशिक्षण कार्यक्रमको प्रशिक्षकको रूपमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पुर्व अध्यक्ष तारानाथ दाहालले प्रशिक्षण दिएका छन्।

केहि महिना अगाडि आधारभूत पत्रकारिता तालिम दिएकै पत्रकारहरुलाई एडभान्स तालिम कै अनुरुप झै छनौटमा परेका पत्रकारहरुलाई उक्त प्रशिक्षण दिन लागेको कुरा प्रशिक्षण कार्यक्रमका व्यवस्थापक रामप्रसाद दहालले बताए।

उनका अनुसार “हामीले यो भन्दा अघि पनि धनुषा जिल्लालाई केन्द्रीत गरी आधारभूत पत्रकारिता तालिम दिएका थियौँ। सोही पत्रकारहरु मध्येबाट सक्रिय रुपमा काम गर्दै आएका पत्रकारहरुलाई समाचार फिचर लेखन सम्बन्धी प्रशिक्षण दिन लागेका हौं।