नेपाल पत्रकार महासंघ धनुषा शाखाका सदस्य तथा नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद प्रफुल्लराज घिमिरेका ममतामयी आमा कृष्णा देवी घिमिरेको उपचारको क्रममा ८९ वर्षको उमेरमा मिति २०८१ भदौ २७ गते भएको असामयिक निधनले नेपाल पत्रकार महासंघ धनुषा शाखा मर्माहित भएको छ । मृतक प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतक आत्माको बैकुण्ठ वासको कामना सहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना सहित हार्दिक समवेदना व्यक्त गर्दछौं ।

